Logo

कोशी सरकारविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरू



काठमाडौं,९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चका न्यायाधीशत्रय डा.आनन्दमोहन भट्टराई,तिलप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।

गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले आफुलाई बहुमत पु¥याउन माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए । कार्कीले सर्वोच्चमा थापाको नियुक्ति बदर गर्दै आफुलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ मा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । भने साउन ७ देखि निरन्तर सुनुवाई गर्ने आदेश भएको थियो ।

असार २७ को आदेश बमोजिम सोमबार सुनुवाइ भएको उक्त रिटमा न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्