Logo

कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठ्नु स्वभाविक होः रमेश लेखक



काठमाडौं,९ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी नयाँ ध्रुबीकरणको चरणमा प्रवेश गरेको बताएका छन् ।

पार्टीका नेता शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै लेखकले लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठ्नु स्वभाविक रहेको बताए ।

उनले भने, “यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो । बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ, कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ । फेरबदल अहिले कति देखिए, कति देखिएनन् । तर, फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।”



प्रतिक्रिया दिनुहोस्