Logo

सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक जारी



काठमाडौं,१० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक बिहान साढे ८ बजेबाट सुरु भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा रहेको कारण बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्  । प्रधानमन्त्री दाहालले श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

बिहान साढे ८ बजेदेखि जारी बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस्