Logo

मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमालेको तयारीलाई रास्वपा-राप्रपाले नसघाउने



काठमाडौं,१० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेपनि अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने अवरोध नगर्ने भएका छन् ।

उक्त घटनामा नैतिक जिम्मेवारी लिँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्ने एमालेको तयारीलाई अन्य प्रतिपक्षी दलले यसपटक भने नसघाउने भएका हु्न् ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गृहमन्त्रीको जवाफ मात्र माग गर्ने र राजीनामा माग गर्ने एमालेको तयारीलाई नसघाउने जानकारी दिए ।

सचेतकद्धय शाही र परियारले भने ‘हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ’ ।

एमालेले भने उक्त घटनामा नैतिकताको आधारमा दुइृ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ । बैठकका बारेमा थप एजेण्डा तय गर्न मध्यान्न १२ बजे एमाले संसदीय दलको बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्