Logo

कांग्रेसको व्यानरमा महिला नेतृको फोटो राख्न चित्रलेखा यादवको माग



काठमाडौं,१० साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख चित्रलेखा यादवले नेपाली कांग्रेसको व्यानरमा महिला नेतृको पनि फोटो राख्न माग गरेकी छन् ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकको समापनमा बोल्दै यादवले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिएका महिला नेतृहरु नोना कोइराला, शैलेजा आर्चाय र मंगलादेवी सिंहको फोटो व्यानरमा राख्ने व्यवस्था गर्न माग गरेकी हुन् ।

“व्यानरमा पुरूषको मात्र फोटो देखिन्छ । कम्तीमा पनि मंगलादेवी, नोना कोइराला, सैलजा आचार्यको तस्बिर पुरूषहरूसँगै जिल्ला जिल्लामा कार्यक्रम गर्दा राखिनु पर्छ । राजनीतिमा उहाँहरूको योगदान छ ,” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्