Logo

एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरोध



काठमाडौं,११ साउन । नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ ।

गत साउन तीन गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेको हो ।

एमालेले बुधबारको प्रतिनिधिसभाको बैठक पनि दुई मन्त्रीको राजीनामा माग्दै अवरोध गरेको थियो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म स्थगित भएको थियो ।

एमालेले सुन तस्करी प्रकरणमा संलग्न दुई विभागीयमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्