Logo

ज्योति विकास बैंकको १५औं वार्षिकोत्सवको अवसरमा ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक



काठमाडौं, ११ साउन । ज्योति विकास बैंकले अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुटसहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा न्युनतम मौज्दात १५ रुपैयामा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क र विशेष छुटसहितको निक्षेप योजना सार्वजनिक गरेको हो ।

ग्राहकको आवश्यकतालाई मध्यनजरमा राखी अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

उक्त खाताले ग्राहकलाई बचत संगै IPO  हरुमा लगानीको सुरुवात गर्न सहजता प्रदान गर्ने बैंकको विश्वास छ । हाल विभिन्न बैंकका बचत खातामा पाईने सुविधाहरुभन्दा ज्योति विकास बैंकले ल्याएको यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने छन् ।

उक्त बचत खातामा ग्राहकहरुले न्यूनतम १५ रुपैयामा मौज्दातमै १५ महिनासम्म निम्न १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित पाउन सक्नुहुनेछ:

  • उच्चतम ७.५% ब्याजदर
  • अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी
  •  निःशुल्क मोबाईल बैंकिंग सेवा
  •  निःशुल्क डेबिट कार्ड
  • मासिक व्याज भुक्तानी
  •  निःशुल्क डिम्याट खाता
  • निःशुल्क डिम्याट नवीकरण
  • निःशुल्क सि–आस्वा
  • निःशुल्क मेरोसेयर रजिस्ट्रेशन र नवीकरण
  • मुद्दती खाता prematurity  शुल्कमा ५०% छुट
  •  वार्षिक लकर सुविधामा ५०% छुट तथा धितो रकममा ३०% छुट
  • निःशुल्क डलर कार्ड जारी
  •  FCY Exchange छुट/प्रिमियमः USD, AUD, CAD, GBP / EURO को विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/प्रिमियम मुद्दती खाता prematurity शुल्कमा ५०% छुट
  • निः शुल्क अन–डिमांड खाता विवरण
  • Beneficial Owner (DP सेवाहरू)  को STC मा १५% छुट

सुपर स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण एक सय २१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल एक सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्