काठमाडौं,११ साउन । राष्ट्रिय सभाको बैठकमा मिटर व्याज सम्बन्धी विधेयक टेबल भएको छ ।
आजको बैठकमा सचिव सुरेन्द्र अर्यालले मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल गरेका हुन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो ।
विधेयक टेबल भएसँगै बैठक ३१ मिनेटका लागि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्थगित गरेका छन् ।