Logo

रास्वपा सांसद तोसिमा कार्कीद्धारा सचिवालय सचिवका लागि आवेदन माग



काठमाडौं,११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कर्मचारीका लागि आवेदन माग गरेकी छन् ।

पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले आज सामाजिक सञ्जालमा एक विज्ञापन सार्वजनिक गर्दै सचिवालय सचिव पदका लागि आवेदन माग गरेकी हुन् । उनले आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छन् ।

कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको,समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी मागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्