Logo

विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने



काठमाडौं,११ साउन ।  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने  विश्वकपको प्रारम्भिक छनोटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा लाओसको सामना गर्ने भएको छ ।

एसियाली फुटवल महासंघले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो प्रतिद्धन्द्धीको रुपमा लाओसलाई पाएको हो ।

नेपाल रहेको समूह ए मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्