Logo

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्धारा माउन्ट केटूको सफल आरोहण



काठमाडौं,११ साउन । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानको सबैभन्दा अग्लो हिमाल केटूको सफल आरोहण गरेकी छन् ।

विश्वका ८ हजार मिटरमाथिका अग्ला हिमालको सफल आरोहण गर्ने अभियानमा लागेकी श्रेष्ठले केटूको सफल आरोहण गरेकी हुन् ।

केटू विश्वकै दोस्रो सबैभन्दा अग्लो हिमाल हो जसको उचाइ ८ हजार ६ सय ११ मिटर रहेको छ । माउन्ट केटूको सफल आरोहण गरेपछि श्रेष्ठले यस अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवादसमेत दिएकी छन् ।

पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्।

यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्