काठमाडौं,११ साउन । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असम्बैधानिक रहेको ठहर गर्ने सर्वोच्चको फैसलालाई स्वागतयोग्य रहेको जनाएको छ ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागतयोग्य रहेको बताएका हुन् ।
रिर्पोटस नेपालसँग संक्षिप्त कुरागर्दै सिटौलाले राजनीतिक दलहरुले गरेको असम्बैधानिक कार्यको अदालतले खारेज गरिदिएको बताए । उनले सर्वोच्चको फैसलालाई सम्मान गर्दै थप छलफलका माध्ययमबाट अगाडि बढ्ने बताए ।
बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्रीमा थापाको नियुक्ति रद्द गरिदिएको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरिदिएको हो ।