Logo

आवश्यक समन्वय गरेर मिटरब्याज पीडितलाई न्याय प्रदान गर्ने गृहमन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं,११ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज जस्तो अनुचित लेनदेनको कार्यबाट प्रभावित नागरिकलाई न्याय हुनेगरी आवश्यक समन्वय गरेर अगाडि बढ्न सम्बन्धित निकायलाई निर्देश्न दिएका छन् ।

बिहीबार महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय प्रदान गर्न विभिन्न निकायहरुलाई समन्वय गरेर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

श्रेष्ठले भने “एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईँहरू हुनुहुन्छ । सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर
पीडितलाई न्याय दिनुहोस् ।”



प्रतिक्रिया दिनुहोस्