Logo

बलात्कारको आरोप लागेपछि मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पोखरेल पक्राउ



काठमाडौं,१२ साउन । बलात्कारको आरोपमा प्रहरीले कठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

आफ्नो घरमा काम गर्न राखेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरेलविरुद्ध रामेछाप घर भएकी एक किशोरीले जबरजस्ती करणीसम्बन्धी प्रहरीमा जाहेरी दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्