Logo

नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका सुरेन्द्र चौधरी भन्छन्, ‘विष वृक्षमा एकथोपा पनि पानी हाल्न हुँदैन’



काठमाडौं, १२ साउन । नगारिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका सुरेन्द्र चौधरीले उक्त पार्टीलाई विष वृक्षको संज्ञा दिएका छन् । हिजो (बिहीबार)प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उक्त पार्टीमा परिवारवाद हाबी भएको बताए । थारु समुदायको हक हित र न्यायको लागि भनेर स्थापित भएको पार्टी उक्त समुदायको मुद्दा र एजेण्डाभन्दा बाहिर गएको उनको आरोप छ ।

‘त्यो पार्टीले विगत केही महिनादेखि जुन तरिकाले परिवारवाद लादेको छ । म पनि विगतदेखि त्यही पार्टीमा थिएँ । विद्रोह गरेर निस्किएँ । जुन एजेण्डालाई आधारमा मानेर पार्टी बनाउनु हुन्छ, नेतृत्पव पंति त्यो भन्दा बाहिर जान्छ र सुध्रिने कुनै संकेत देख्न्ुहुन्न भने त्यहाँ बस्नुहुन्न । मेरो एउटा मान्यता स्ष्ट छ, कुनै पनि विष वृक्षमा एकथोपा पानी पनि हाल्न हुँदैन । थारु समुदायको न्याय, हक र अधिकारको लागि स्थापना गरेको पार्टीको मुद्दामा र धरातलबाट उठेको पार्टी, त्यो पार्टीनै थारु समु्दायको विरुद्धमा गएपछि मलाई लाग्यो त्यो विष वृक्ष हो,’– उनले भने ।

नाउपाका संरक्षक रेशम चौधरीले टीकापुर घटनाका निर्दोष बन्दीहरुलाई छुटाउने कुनै पहल नै नगरेको उनको आरोप छ । उनले रेशमले सोही मुद्दालाई दिएर चुनावको बेला समाजलाई उद्देलित गर्ने प्रोपोगाण्डा गर्न खोजेको आरोप लगाए ।

‘त्यो पार्टी भनेको टीकापुरमा विद्रोह भयो । त्यसमा केही निर्दोष मान्छे थुनामा थिए । त्यसमध्येको एक जना व्यक्ति रेशम चौधरी जी हुनुहुन्थ्यो । बाँकी अरु चार जना पनि उहाँजस्तै आजीवन काराबासमा । उहाँ त चार वर्ष बस्नुभयो अरु आठ वर्षदेखि बसिराख्नु भएको छ । एउटै सजाय छ । एउटै घटना, एउटै सजायमा मुछिएको मान्छे उहाँले आफ्नोमात्रै आम माफीको पहल गर्नुभयो । त्यस्तो पनि पार्टी हुन्छ ? नेता हुन्छ ? त्यो देखिसकेपछि विद्रोह नगरेर के गर्नु ? उहाँको दिमागमा के छ भने अरु राजनीति गर्नका लागि कोही न कोही जेलमा बसिदिनु पर्यो । त्यसपछि फेरी समाजलाई उद्देलित गर्ने, प्रोपोगाण्डा फैलाउने अनि चुनावमा भाग लिने । त्यो त्यो बाहेक उहाँसँग अरु विकल्प नदेखिसकेपछि त्यो लेवलको घटिया चरित्र र संस्कार देखाइसकेपछि कुनै पनि नैतिकवान मान्छे त्यस्तो प्लेटफर्ममा बस्न सक्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्