काठमाडौं,१२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गरेका छन् ।
आज सूचना जारी गर्दै खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई जा सो भन्दा बढि दलको समर्थनप्राप्त प्रदेश सभा सदस्यलाई साउन १६ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आव्हान गरेका छन् ।
बिहीबार सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न परमादेश दिएको थियो।
प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनबारे आह्वान गरे त्यतिन्जेलसम्म प्रदेशको कामचलाउ मुख्यमन्त्री को भन्नेबारे केही बोलेको छैन।
सर्वोच्चको आदेशपछि १७ साउनसम्म कामचलाउ मुखयमन्त्री दाबी गर्दै पदभार ग्रहण गर्न गएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुखको कार्यालयले कामचलाउको हैसियत दिन आनाकानी गरेपछि उनी विनानस्थलबाट निवासतर्फ लागेका थिए । श्रोतका अनुसार थप विवाद सिर्जना नहोस भनेर प्रदेश प्रमुख खापुङ ले साउन १७ सम्म यस बारेमा मौन रहने निर्णय लिएका छन् ।