काठमाडौं,१२ साउन । काठमाडौं महानगरपालिकाले राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन आगामी सोमबारसम्म खाली गर्न उर्दी जारी गरेको छ ।
महानगरका कर्मचारीहरुले धुम्बराहीस्थित कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए ।
कल्याण राजभण्डारी र प्रज्ञा चापागाईँको नाममा रहेको उत्त, घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्दै आएको बताएको छ ।
दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा नआएको र त्यसै कारण उक्त भवन खाली गराउन महानगरले उर्दी जारी गरेको बताइएको छ ।