काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । आज (शनिबार) आगामी साउन १७ गतेदेखि बस्ने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न उक्त बैठक बसकेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डामा ठोस निर्णय भने हुन नसकेको बताइएको छ । बैठक फेरि भोलि दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ । File photo/RN