Logo

रुपन्देही पुगेका पौडेल भन्छन्: सुन प्रकरणमा गहिराइमा अनुसन्धान नभए गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ



काठमाडौं,१४ साउन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्विन्टल सुन तस्करीको बारेमा गहिराइमा पुगेर अनुसन्धान नभए उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने अवस्था आउने बताएका छन् ।

आइतबार प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गदैृ प्रतिनिधि सभा सदस्यसमेत रहेका पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर मालिकलाई उम्किन दिन नहुने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

पौडेलले भने ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?, भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’



प्रतिक्रिया दिनुहोस्