काठमाडौं,१४ साउन । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।
विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ ।
छिरिङ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।