काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी परेको छ ।
पौडेल बिरामी हुँदा भारतमा भएको उपचार खर्च बापत झण्डै ५५ लाख रुपैयाँ सरकारले व्यर्होने निर्णय गरेपछि उक्त निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
गिरीले राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।