Logo

वडा अध्यक्षका छोराछोरी सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउनुपर्छः दुजाङ शेर्पा



काठमाडौं, १४ साउन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले वडा अध्यक्षका छोराछोरी सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउन आवश्यक रहेको बताएका छन् । सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष आफैं बन्ने भएपछि उनीहरुका छोराछोरीले पनि सोही सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम लागू गर्नु पर्ने उनले बताएका हुन् ।

‘सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष बन्ने मात्र होइन उक्त वडा अध्यक्षको छोराछोरी पनि सोही सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउनु पर्छ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, वडा अध्यक्ष स्वयं उक्त समितिको अध्यक्ष भएपछि कामकारबाहीको बारेमा अनुगमन गर्ने निकायको हुने भन्ने पनि स्पष्ट हुन आवश्यक छ ।’



प्रतिक्रिया दिनुहोस्