Logo

गाउँपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, १४ साउन । रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवविरुद्ध विगो र कैद सजाय माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इन्जिनियर यादवले सडक पिसिसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग ४५ हजार घुस÷रिसवत लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत असार २० मा उनलाई नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर (सेवा करार) यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय माग दाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्