Logo

बालेनलक्षित ओलीको कटाक्षः र्याप गाउनेले बिग्रिए भन्दैमा सबै नेता बिग्रिएका हुँदैनन्



काठमाडौं,१५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि सबै नेता नबिग्रिएको बताएका छन् ।

नेकपा एमाले साहित्य,कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको विमोचन तथा खिर खाने कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सबै नेता नबिग्रिएको बताएका हुन् ।

ओलीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहलाई लक्षित गरेर कटाक्षसमेत गरेका छन् ।

ओलीले भने ‘राजनीतिमा लागेका नेता अलि बढी बिग्रिए, बिग्रन्छन् । किनभने, एकजना नेता नेता हनुभन्दा अगाडि र्याप गाउँथे । कस्तो र्याप गाउँथे भने नेताजति सबै चोर हुन्, चोर हुन भनेर र्याप गाउँथे, पछि नेता भएपपछि त्यो र्याप नमिलेजस्तो लाग्ने ।”

ओलीले राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्नु नहुने बताए ।

ओलीले भने “सबै मुहान फोहोर छैनन्, कतिपय नेता बिग्रिए भन्नुपर्यो । बिग्रिएकाले अरु पनि म जस्तै भनेर कराए । सबै नेता बिग्रिएका हुँदैनन् ।”



प्रतिक्रिया दिनुहोस्