Logo

अहिलेको प्रमुख आवश्यकता राष्ट्रिय एकता होः देउवा



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रमुख आवश्यकता राष्ट्रिय एकता भएका बताएका छन् ।

आज (सोमबार) नुवाकोट कांग्रेसले आयोजना गरेको चियापान तथा खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकतालाई स्थायी बनाउनु राजनीतिक दलको कर्तव्य हुन आएको बताएका हुन् ।

उनले संविधानमा रहेका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको पनि बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्