काठमाडौं,१५ साउन । काठमाडौं महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ ।
महानगरपालिकाले राप्रपाले लिखित रुपमा ३५ दिनको समय मागेर पत्राचार गरेपनि २१ दिनको समय दिएर भवन खाली गर्न आग्रह गरेको छ ।
बिजुलीको हाइटेसन मुनी कार्यालय भवन रहेको भन्दै आजसम्म हटाउन गत शुक्रबार महानगरले राप्रपालाई उर्दी जारी गरेको थियो ।