Logo

संसद् जान्छौं, सरकार सुन तस्करीमा संलग्न भयो भन्छौंः एमाले सचेतक बर्तौला



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सरकारको संलग्नता पु्ष्टि भएको टिप्पणी गरेका छन् । सचेतक बर्तौलाले सरकारले उक्त प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन नमान्नुमा आशंका बढेको बताए । आजको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले उक्त प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने अडान राख्ने उनले बताए ।

‘हामी नियमित प्रक्रियामा छौं । बैठक बोलाउनु भएको छ सभामुखले, बैठकमा जान्छौं । हाम्रो माग भन्छौं । उच्चस्तरीय छानविन समितिको माग छ हाम्रो, हामी त्यो माग राख्छौं । सरकार सुन तस्करीमा संलग्न भयो, जोगाउन लाग्यो भन्छौं,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

सरकारले उच्च स्तरीय छानविन समिति नबनाउने अडानमा रहेको उनले बताए । रह्यो । संसद चल्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको बताउँदै उनले आफूहरु उच्चस्तरीय छानविन समिति बनाउन पर्ने मागबाट पछि नहट्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्