Logo

संसद् सुचारु गर्न सभामुखको अग्रसरताः कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं, १६ साउन । संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

सदनको अवरोध अन्त्यका लागि सभामुख घिमिरेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुले आवश्यक ठानेको विषयमा छलफलका लागि बोलाउन सक्छन् । समितिमा पदेन सदस्यबाहेक २१ सदीय समिति रहने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्