Logo

इन्धनको मूल्य वृद्धि हुँदै



काठमाडौं, १६ साउन । इन्धानको मूल्य वृद्धि हुने भएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि हुने भएको हो । गत असार ३१ मा नेपाल आयल निगमले इन्धनमा स्वचालित मूल्य लागू गरेपछि भारीमात्रामा मूल्य वृद्धि हुन लागेको हो ।

स्रोतका अनुसार छिट्टै नै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि हुने भएको छ । लिटरमा १० रुपैयाँसम्मको मूल्य वृद्धि हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्