काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय कुनै पनि दवाब, राजनितिक हस्तक्ष र आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्ने बताएका छन् ।
आज (मंगलबार) अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौंमा आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले न्यायलय दवाब, हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुन नसकेको खण्डमा न्याय प्रदान गर्न नसकिने बताएका हुन् ।
‘न्यायलय दवाव र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । आर्थिक प्रलोभनबाट पनि मुक्त हुनुपर्छ । त्यो हुन सकेन भने न्यायलयले न्याय प्रदान गर्न सक्दैन । न्यायलयले न्याय प्रदान गर्न सकेन भने मानव अधिकारको संरक्षण पनि हुन सक्दैन,’– प्रधानन्यायाधीश कार्कीले भने ।File Photo/RN