Logo

लम्पि स्किनलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं,१७ साउन । नेकपा एमालेले पशुपंक्षीमा महामारीको रुपमा फैलिरहेको लम्पि स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमाले काठमाडौं महानगर कमिटीको आयोजनामा माइतीघरमा प्रदर्शन गर्दै एमालेले लम्पि स्किनलाई महामारी घोषणा गरेर किसानलाई उचित क्षतिपूर्ती दिन माग गरेको छ ।
एमालेले गरेको प्रदर्शनमा काठमाडौं महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व प्रदेशसभा सदस्य रामेश्वर फुयाँल लगायतका नेताहरु उपस्थित भएका थिए ।

तस्बिर- मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल 



प्रतिक्रिया दिनुहोस्