काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अवस्थामा नेकपा एमालेसहित बनेको नेकपाको एकता जोगाउन नसकेकोमा पश्चताप गरेका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले निक्कै कोशिस गरेपनि केही कमजोरीका कारण नेकपाको एकता जोगाउन नसकिएको बताए ।
उनले भने,‘ पार्टीले आफ्नो कमीकमजोरीलाई स्वीकार्न डराउँदैन। कमीकमजोरीलाई इमान्दारितासाथ स्वीकार्ने, आत्मालोचना गर्ने र तीनलाई हटाउनको लागि संकल्प गर्दै आइरहेका छन्। हामीबाट केही कमजोरी भएका छन्। हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौँ। विभाजनको पीडाबाट हामी गुज्रिनुपर्यो। अहिले फेरि नयाँ एकताको प्रयासमा जाँदैछौं।’