Logo

सुन तस्करी प्रकरणमा अहिले उच्च स्तरीय छानविन समिति आवश्यक छैनः जनार्दन शर्मा



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा नेकपा (एमाले) ले माग गरेजस्तो छानविन समितिको आवश्यकता नरहेको बताएका छन् ।

सरकारका निकायहरुले छानविन गरिरहेको बेलामा अर्को समिति आवश्यक नरहेको उनले बताए । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राजश्व अनुसन्धान विभाग र सिआईबीले अनुसन्धान बढाइरहेको उनले बताए ।

सरकारका निकायले काम गरिराखेका छन्। अहिले उच्चस्तरीय छानविन समितिको आवश्यकता छैन । सरकारले पक्रेको कुरामा अनुसन्धान गर्न नसक्दा, सत्यतथ्य छानविन भएन भने उच्चस्तरीय छानविन समिति पनि आवश्यक पर्दा बनाउन पर्ला । अहिले सरकारले काम गरिरहेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्