Logo

माइती नेपाललाई एम्बुलेन्स दिने कांग्रेस सांसद शर्माको घोषणा



काठमाडौं,१७ साउन । नेपाली कांग्रेसका नेता तथा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका छन् ।

बुधबार मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्