काठमाडौं,१७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
थापाले बुधबार प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
थापा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।