काठमाडौं,१७ साउन । लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ ।
बुधबार मुख्यमन्त्री कमलबहादुर थापाले दुईमन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।
मुख्यमन्त्री शाहले आज कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
त्यस्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।