Logo

संसद बैठक रोक्न सरकारले सभामुखलाई दबाब दिएको ओलीको आरोप



काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले संघीय संसदको बैठक रोक्न सरकारले सभामुखलाई दबाब दिएको आरोप लगाएका छन् ।

बुधबार कम्युनिष्ट नेता तुलसिलाल अमात्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत,वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संसद बैठक एमालेका कारण नभएर सरकारका कारण रोकिएको बताए ।

उनले भने ‘बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ। हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भन्यौं। सरकारले सभामुखलाई दबाब दिन्छ, तपाईँले सूचना टाँसेर रोक्नुस् भनेर ’ ।

उनले पार्टीको केन्द्रीय कमिटीको बैठकको नाममा संसद बैठक लामो समयका लागि सार्नु उचित नहुने बताए।

‘संसदमा आवाज उठ्छ भनेर सरकारले संसद चल्न दिँदैन। हामीले संसद चलाउँ। सांसदलाई बोल्न दिउँ । जनताको आवाज बोल्नुहुन्छ भन्छौं। सरकारले सांसदलाई बोल्न दिँदैन। सभामुखलाई दबाब दिन्छ सूचना टाँसेर रोक्नुस् भनेर, उनले भने।



प्रतिक्रिया दिनुहोस्