Logo

नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा पूर्व रजिष्ट्रार पौडेल सिफारिस



काठमाडौं,१७ साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पौडेलको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए ।

अध्यक्षमा सिफारिस पौडेललाई भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उनी नियुक्त हुनेछन् ।

यसअघि २ पटक परिषदको रजिष्ट्रार भएका पौडेल स्वास्थ्य सेवा विभागमा मेडिकल टेक्नोलोजिष्टका रुपमा कार्यरत छन्।



प्रतिक्रिया दिनुहोस्