Logo

माओवादीजति उदारवादी यो संसारमा कोही पनि छैन : दिपशिखा



काठमाडौं, १८ श्रावण । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले माओवादी जति उदारवादी संसारमा कोही नभएको दाबी गरेका छन्।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै दिपशिखाले यस्तो बताएका हुन्।

उनले भने,‘जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका छन्। ३ महिनाभित्र विधान सम्मेलन गर्नुपर्छ। किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन। हामी जतिबेला पायो त्यतिबेला बदलिन्छौं।’

यस्तै उनले माओवादी केन्द्र अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ नभएको दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस्