Logo

प्रचण्डको राजनीतिक प्रतिवेदन ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ माथि ७४ जना केन्द्रीय सदस्यले राखे धारणा



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौंथो पूर्ण बैठक जारी रहेको छ । हिजो (बुधबार) देखि सुरु भएको उक्त बैठक आगामी साउन २१ गतेसम्म चल्ने छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राजनैतिक एवम् संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए । ‘‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्य भारहरू’’ शीर्षकको उक्त राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि हालसम्म ७४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको मूल स्प्रीडको समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनर्निर्माणका पक्षमा केन्द्रीय सदस्यले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

आजको बैठकमा झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दीलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दीलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल, नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी बि.क., प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु बि.क., परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, बिमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा विचार राख्दै केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको, पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्य दिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकतावद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजेबाट पुन शुरु हुने प्रवक्ता महराले बताए ।



प्रतिक्रिया दिनुहोस्