Logo

‘विचार र व्यवहारबीच मेल नखाँदा माओवादी भताभुङ्ग र लथालिङ्ग भयो’



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले विचार र व्यवहारमा मेल नखाँदा पार्टी भताभुंग र लथालिङ्ग भएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विचार र व्यवहारबीच मेल नखाएकै कारण माओवादीको ओरालो यात्रा सुरु भएको बताए ।

उनले माओवादीको केन्द्रीय समिति बैठकमा पनि यही समस्यालाई राखेको बताए । ‘कम्युनिष्ट पार्टीमा विचार व्यवहारमा अभिव्यक्त हुनुपर्छ । हाम्रो विचार जे छ त्यो अनुसारको व्यवहार भएन । विचार र व्यवहारकाबीचमा मेल खाएन । पहिलो समस्या हाम्रो यो हो । हामीले यहाँबाट हल गर्नुपर्छ,’– उनले भने ।

विचार अनुसारको व्यवहार भएपछि त्यो व्यवहारले विचारलाई परिष्कृत गर्न सक्नुपर्ने उनको भनाई छ । माओवादीभित्र विचार र व्यवहारबीचको साईकल भताभुंग र लथालिंग भएको टिप्पणी गर्दै उनले उकालो लाग्ने हो भने यो विचार र व्यवहारबीचको साईकल निर्माण गर्नुपर्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्