Logo

लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, १९ साउन । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज (शुक्रबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा इटहरीबाट खटिई गएको अख्तियारको टोलीले गत असार २२ गते ढकाललाई नियन्त्रणमा लिएको थियो ।

वडा कार्यालयहरुमा विद्युतीय उपकरण तथा सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज लेखा अधिकृत शेखर ढकाललाई बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’– अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्