Logo

माओवादी आन्दोलनको आवश्यकता नेतृत्व पुस्तान्तरण हो: शुवोध शेर्पाली



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले माओवादी आन्दोलनको आवश्यकता नेतृत्वको पुस्तान्तरण भएको बताएका छन् ।

आज (शुक्रबार) माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैकठकमा आफ्ना भनाईहरु राख्दै उनले आजको आवश्यकता नेतृत्व पुस्तान्तरण भएको बताएका हुन् । उनले नेतृत्व पुस्तान्तरणका विषयमा पार्टीका सबै कमिटीबीच वहस हुन आवश्यक रहेको बताए ।

‘माओवादी आन्दोलनको आवस्यकता ‘नेतृत्व पुस्तान्तरण होइन, हस्तान्तरण आजको आवस्यकता’ हो । यो बिषयमा सबै तहका कमिटीमा गम्भीर वहस गर्नुपर्छ । पार्टीभित्र काम गरेका र नगरेकाबीच वैज्ञानिक मुल्याङ्कन गर्ने मापदण्ड विकास गर्न अत्यावश्यक छ,’– केन्द्रीय समिति बैठक पश्चात उनले आफ्ना भनाईहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

माओवादी सच्चिने वा सकिनेको अवस्थामा पुगेको बताउँदै उनले आन्दोलन बचाउने हो भने एकढिक्का पार्टी र केन्द्रीकृत नेतृत्व आजको आवस्यकता रहेको बताए । जनयुद्धदेखि आजसम्म वैचारिक हतियार ‘प्रचण्डपथ’ ले नेपाली समाज रूपान्तरणमा खेलेको भूमिका ऐतिहासिक रहेको उनले बताएइ ।

अपराध नियन्त्रण, भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्दै समाजवादी समाज निर्माण गर्ने हो भने नेपाली क्रान्तिको मौलिक विचार ‘प्रचण्डपथ’ बारे पार्टीमा पुन वहसको जरुरी रहेको उनले धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्