काठमाडौं,१९ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसक्ता नै लुटपाट र भष्ट्राचारमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले यस्तो आरोप लगाएका हुन् ।
समितिमा जेष्ठ सदस्यको हैसियतमा सभापतिको भूमिका निर्वाह गरिरहेका केसीले भने ‘अहिले नेपालको स्थिति धेरै गम्भीर छ, राज्यसक्ता नै लुटपाटमा, भष्ट्राचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाँही पार्टी हो, कुन चाहीँ व्यक्ति हो भन्नु भन्दापनि राज्यसक्ता पुरै लुटपाटमा सामेल भइसकेपछि त के हुन्छ ? तैपनि हामीले त हरेश खानु त भएन । लोकतन्त्र छ र कमसेकम हामीले जनताका बीचमा समसामयिक कुरा गरिरहेका छौँ ।’
समितिका सदस्यहरुले भने तत्काल समितिको सभापति चयन गरेर समितिलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।