Logo

माओवादी नजुर्मुराए देशको राजनीतिक भविष्य छैनः केन्द्रीय सदस्य चन्द



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य रेणु चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी गंगा दाहाल आफ्नो योग्यता र क्षमताले राजनीतिमा उदायको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गंगा महिला भएको कारण त्यत्तिधेरै आलोचना गरिरहनु आवश्यक नरहेको बताईन् । साथै, माओवादी नजुर्मुराए नेपालको राजनीतिक भविष्य नै नरहेको उनको दाबी छ ।

‘हामी नजुर्मुराए यो देशको राजनीतिक भविष्य छैन । जतिपनि राम्रा एजेण्डाहरु छन्, त्यो माओवादीले लिएको छ ।  उहाँ (गंगा) जुन पोष्ट हुनुहुन्छ, उहाँ आफ्नो योग्यता, क्षमताको आधारमा त्यहाँ पुग्नु भएको छ । तर, एउटा महिला भएको कारणले उहाँलाई त्यत्तिधेरै आलोचित गर्नुपर्छ भन्ने लागेन । सबै पार्टीका नेताहरु पुरुष छन्, सचिवालयमा पुरुष सचिव छन् । हाम्रो पार्टी अध्यक्षको सचिवालयमा युवा महिला हुनुहुन्छ । प्रशंसा गर्नुपर्छ र उहाँलाई सहयोग गनर््पर्छ,’– उनले भनिन् ।

गंगाले सानैदेखि आफ्नो बुबाले् देखाएको पथमा हिँडेको उनले बताईन् । साथै, पार्टी र संगठनमा जोडिएर काम गर्ने क्रममा गंगगाले पढाइसमेत छोड्नु परेको उनले बताईन् । आफ्नो इतिहासको बचाउन गर्न चाहनेले अर्काको इतिहासको अपमान गर्न नहुने बताउँदै उनले गंगाले पार्टीमा पाएको भूमिकालाई सम्मान गर्न सक्नुपर्ने बताईन् ।

 



प्रतिक्रिया दिनुहोस्