काठमाडौं, २० श्रावण । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सैनिक गुटमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सामेल नहुने र बाह्य देशका सेना नेपालमा राख्न नहुने बताएका छन्।
शनिबार एमालेले आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुँदैनौं। बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन। हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा, तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।’
उनले आफू शान्ति समानता र न्यायको पक्षमा भएको बताउँदै भने, ‘आन्तरिक मामलामा अहस्तक्षेप नीति अवलम्बन गर्छौं।’
यस्तै, उनले सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूहरूले समर्थन नगर्ने उल्लेख गरे।