काठमाडौं, २१ श्रावण । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ।
आइतबार पार्टीको केन्द्रीय कमिटि बैठकले भदौं १६ देखि मंसिर १५ सम्म उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
उक्त अभियानअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै प्रदेशका ७ वटा वडामा जाने भएका छन्। उनले त्यहाँ गएर जनतासँग साक्षात्कार गर्ने भएका छन्।