Logo

पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरणः ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन



काठमाडौं,२२ साउन । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले तत्कालिन चार मन्त्रीहरुलाई पक्राउ गर्न अनुमति दिएपछि नेपाल तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार,चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आफुविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा निर्णय गर्ने बेलामा आफु मन्त्री नरहेको प्रष्टीकरण दिएका छन् ।

वरिष्ठ वामपन्थी नेता जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत् २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका छन् । उनले त्यसअघि नै असोज ४ गते आफूले मन्त्री पदबाट राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार टोपबहादुर रायमाझीले सम्हालेको जनाएका छन् ।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमतिमात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेको प्रष्ट पारेका छन् ।

जोशी तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । जोशीले ललिता निवास प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्