Logo

यी हुन् एमालेले नेतृत्व पाउने तीन संसदीय समिति



काठमाडौं,२२ साउन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आज बसेको संसदीय दलको बैठकमा समतिको नेतृत्वमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।

दाहालले गराएको जानकारी अनुसार प्रतिनिधि सभामा रहेका १२ वटा समितिमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ४ समितिको नेतृत्व पाउने भएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३, माओवादी केन्द्रले २, जसपा, जनमत र नेकपा एसले समान १-१ समितिको नेतृत्व पाउनेछन् ।

यी हुन् एमालेले नेतृत्व पाउने संसदीय समितिहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिसहित ३ समितिको नेतृत्व पक्का गरेको छ । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको नेतृत्व दिने सहमित भएको प्रधानमन्त्री प्रचण्डले पार्टीलाई जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्