काठमाडौं,२२ साउन । राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
आजको बैठकमा गत साउन २ गते बरामद भएको एक सय किलो सुन प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै बैठक अवरोध गरेको हो ।
एमालेको अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।